You are viewing the translated version of आयोगको निर्णय प्रक्रिया.

Rule 3
आयोगको निर्णय प्रक्रिया
(१) आयोगले ऐनको दफा ७ र अन्य विषयमा निर्णय गर्नु पर्दा देहायको ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ:- (क) विषय प्रवेश,
(ख) प्रचलित ऐन, नियमको व्यवस्था र अन्य प्रासङ्गिक कुरा,
(ग) प्रस्ताव पेश गर्नु पर्नाको कारण,
(घ) निर्णय हुनु पर्ने ब्यहोरा ।
(२) उपनियम (१) बमोजिम पेश भएको प्रस्ताव आयोगको बैठकमा पेश भए पछि आवश्यक छलफल गरी निर्णय गरिनेछ।
(३) उपनियम (२) बमोजिम प्रस्तावमा छलफल हुँदा पुनर्विचार गर्नुपर्ने भई आयोगबाट पुनः पेश गर्ने गरी निर्णय भएमा सचिवले पुनः पेश गर्ने व्यवस्था गर्नु पर्नेछ।
(४) उपनियम (२) बमोजिम प्रस्ताव स्वीकृत भई निर्णय भएपछि सोको अभिलेख राखी सचिवले कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(५) आयोगको निर्णय प्रक्रिया सम्बन्धी अन्य प्रक्रिया आयोगले तोके बमोजिम हुनेछ।